भरतपुरमा सर्वदलीय बैठक बस्यो

नेपालभ्युज

भरतपुरमा सर्वदलीय बैठक बस्यो

भरतपुर । भरतपुर महानगरपालिकामा विवाद भएर मतगणना रोकिएपछि सर्वदलीय बैठक बसेको छ।

दुई चोटि एकै ठाउँमा स्वस्तिक छाप परेको ठाउँलाई गणना गर्ने कि नगर्ने विषयमा विवाद भएको थियो। सत्तारुढ गठबन्धनका प्रतिनिधिहरूले एक जना कर्मचारीले गठबन्धनका पक्षमा आएको सदर मतलाई पनि बदर भएको भन्दै विरोध गरेका थिए।

एक घन्टादेखि रोकिएको मत गणना सुचारु गर्न सर्वदलीय बैठक बसेको हो।

कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेका प्रतिनिधिले आरोप लगाएका छन्। उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप लगाउँदै एमाले प्रतिनिधिले होहल्ला गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved