एमाले उपाध्यक्ष नेम्वाङका पूर्वस्वकीय सचिव वडाध्यक्षमा निर्वाचित

नेपालभ्युज

एमाले उपाध्यक्ष नेम्वाङका पूर्वस्वकीय सचिव वडाध्यक्षमा निर्वाचित

काठमाडौं। संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका पूर्वस्वकीय सचिव बुद्धि खनाल इलामको माई नगरपालिका–७ को वडाध्यक्षमा निर्वाचित भएका छन्।

पूर्व पत्रकारसमेत रहेका एमाले उम्मेदवार खनालले नेपाली कांग्रेसका उम्मेदवार गंगाराम योक्पादेनलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन्। खनालले ९५० मत प्राप्त गर्दा योक्पादेनले ६०७ मत पाए।

यस्तै महिला सदस्यमा नेकपा एमालेकी तेज कुमारी लिम्बू, दलित महिला सदस्यमा एमालेकै मेनुका विश्वकर्मा, खुला सदस्यमा पनि एमालेकै रामप्रसाद लिम्बु, र लिला बहादुर राई निर्वाचित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved