मकवानपुरमा गठबन्धनको अग्रता, हेटौँडामा कडा प्रतिस्पर्धा

नेपालभ्युज

मकवानपुरमा गठबन्धनको अग्रता, हेटौँडामा कडा प्रतिस्पर्धा

हेटौँडा। मकवानपुरमा स्थानीय तहको निर्वाचनको मतगणना सुरु भएको छ।

मकवानपुरको प्रारम्भिक मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवारहरुले अग्रता बनाएका छन्। मकवानपुरको भीमफेदी, मनहरी, मकवानपुरगढीमा गठबन्धनले अग्रता लिएको छ।

थाहा नगरपालिकामा पनि गठबन्धनले अग्रता लिएको छ। हेटौँडा उपमहानगरपालिकामा पनि गठबन्धनको अग्रता देखिएको छ।

हेटाैँडा १, २, १८ र १९ नम्बर वडाको मतगणना सुरु भएको छ। पछिल्लो मतपरिणाम अनुसार चारसय मत गन्दा हेटाैँडामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले १२९ मत प्राप्त गरेकी छिन् भने उपमेयरमा गठबन्धनकै कांग्रेसका उम्मेदवार राजेश बानियाँ १८७ मत ल्याएका छन्। एमालेका अनन्त पौडेलले १२५ मत पाएका छन्। राप्रपाका मेयर पदका उम्मेदवार दीपकबहादुर सिंह ९८ मत ल्याएका छन्।

थाहा नगरपालिकामा पनि गठबन्धनले अग्रता लिएको छ। थाहा नगरपालिकाको वडा नम्बर एकको १ हजार २ सय मत गन्दा गठबन्धनको तर्फबाट नेकपा माओवादीका विष्णुबहादुर विष्टले ६१४ मत ल्याएका छन् भने एमालेका अच्युतम ढकालले ४१८ मत ल्याएका छन्। उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका भरत गोपालीले ५७० मत ल्याएका र एमालेकी कल्पना बलामीले ४४६ मत ल्याएका छन्।

मनहरी गाउँपालिकामा पनि गठबन्धनले अग्रता लिएको छ। १ हजार १ सय ८४ मत गन्दा गठबन्धनको तर्फबाट कांग्रेसका अध्यक्ष उम्मेदवार रञ्जन कालाखेतीले ६९६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका एकराज उप्रेतीले ३२४ मत ल्याएका छन्।

उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा एकिकृत माओवादीका सीता पुलामी मगर ३२६ मत ल्याएका छन् भने एमालेकी उम्मेदवार सुजिता थिङले २७२ मत ल्याएकी छिन्।

भीमफेदी गाउँपालिका मकवानपुरको भीमफेदी गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ। २ हजार २ सय मत गणना हुँदा अध्यक्षमा गठबन्धन (माओवादी केन्द्र) बद्रीबहादुर स्याङ्तानले १ हजार ७४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमाले हिदम लामाले ९ सय ११ मत ल्याएका छन्। गाउँपालिका उपाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका सञ्जीव श्रेष्ठले १ हजार ९३ र एमालेकी पार्वती रानाले ९ सय १३ मत ल्याएका छन्।

मकवानपुरगढी गाउँपालिकामा पनि ३ सय मत गणना हुँदा गठबन्धन अगाडी छ। गाउँपालिकाको वडा नम्बर १ र ८ को मतगणनामा गठबन्धन अगाडी देखिएको छ। गाउँपालिका अध्यक्षमा गठबन्धनका नेपाली कांग्रेसका दोर्जे लामा स्याङतानले १७४ र एमालेका विदुर हुमागाईले ९० मत ल्याएका छन्। गाउँपालिका उपाध्यक्षमा गठबन्धनका माओवादीकी मान कुमारी पाख्रीन (नेपाली) ले १५१ मत ल्याएकी छिन् भने एमाले सन्तु थिङले ८९ मत ल्याएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved