मत दुरुपयोगको आरोपमा पक्राउ परेका मतदान अधिकृत साह बर्खास्त

नेपालभ्युज

मत दुरुपयोगको आरोपमा पक्राउ परेका मतदान अधिकृत साह बर्खास्त

सर्लाही। मत दुरुपयोगको आरोपमा पक्राउ परेका सर्लाही बलरा नगरपालिका वडा नम्बर ३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राजकिशोर साहलाई बर्खास्त गरिएको छ।

मतदान अधिकृत साहले स्वयंले मतदातालाई चुनाव चिह्न नै देखाएर मतदान गर्न सिकाएपछि उनी पक्राउ परेका थिए।

उनलाई बर्खास्त गरिएको बलराका निर्वाचन अधिकृत रंजित यादवले बताए।

साहले चुनाव चिह्न देखाएरै मतदान गर्न सिकाएको भन्दै विवाद भएपछि त्यहाँ मतदान अवरुद्ध भएको थियो। मतदान अवरुद्ध भएपछि सर्वदलीय बैठक बसेको थियो। बैठकले साहलाई बर्खास्त गरी सहायक मतदान अधिकृत राम प्रवेश साहलाई कामु मतदान अधिकृतको जिम्मेवारी दिएको छ। अहिले त्यहाँ पुन: मतदान शुरु भएको बलराका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved