मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परे वडाध्यक्षका उम्मेदवार (भिडिओसहित)

एक लाख १२ हजार रुपैयाँ नगदसहित उम्मेदवार बिसी पक्राउ परेको प्रहरीले जनाएको छ।

मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परे वडाध्यक्षका उम्मेदवार (भिडिओसहित)

सुर्खेत। सुर्खेतमा मतदातालाई राति पैसा बाँडिरहेको अवस्थामा प्रहरीले एक जना वडाध्यक्ष पदका उम्मेदवारलाई नियन्त्रणमा लिएको छ।

बुधबार राति मतदातालाई पैसा बाँडिरहेको अवस्थामा सुर्खेत गुर्भाकोट नगरपालिका–११ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मतदातालाई सोही वडाको घुमखहरेको आँपसोती टोलमा मतदाताहरुलाई पैसा बाँड्दै गरेको अवस्थामा विसीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टका बताए।

एक लाख १२ हजार रुपैयाँ नगदसहित उम्मेदवार बिसी पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार १० बजेपछि निर्वाचन कार्यालयको जिम्मा लगाइने जनाएको छ।

भिडिओ: नगेन्द्र उपाध्यायको फेसबुकबाट।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved