दोलखामा वडाध्यक्षले नै लुटे मतदाता परिचयपत्र

दोलखाको तामाकोशी गाउँपालिका–१ भीरकोटका वडाध्यक्ष नै मतदाता परिचयपत्र लुटपाटमा संलग्न भएको पुष्टि भएको छ।

नेपालभ्युज

दोलखामा वडाध्यक्षले नै लुटे मतदाता परिचयपत्र

दोलखा। दोलखाको तामाकोशी गाउँपालिका–१ भीरकोटका वडाध्यक्ष नै मतदाता परिचयपत्र लुटपाटमा संलग्न भएको पुष्टि भएको छ।

मतदान केन्द्रमा मतदाताहरूलाई बाँड्न राखिएको मतदाता परिचयपत्र बुधबार दिउँसो लुटेर वडाध्यक्ष महेश काफ्ले भागेका दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गंगा पौडेलले बताए। काफ्ले १ सय २५ थान मतदाता परिचयपत्र लुटेर फरार भएको केही समयपछि नै प्रहरीले नियन्त्रणमा लिएको पौडेलले बताए।

पक्राउ परेका वडाध्यक्ष काफ्लेलाई जिल्ला प्रहरी कार्यालय चरिकोट ल्याइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved