प्रिमियर लिग फुटबल : एस्टन भिल्लामाथि लिभरपुलको जित

जितसँगै ३६ खेलमा ८६ अंक जोडेको लिभरपुलले दोस्रो स्थानमा रहँदै उपाधि होड कायम राखेको छ।

नेपालभ्युज

प्रिमियर लिग फुटबल : एस्टन भिल्लामाथि लिभरपुलको जित

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ। गएराति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

एस्टन भिल्लाको घरेलु मैदानमा लिभरपुलले शुरुआती एक गोलको अग्रता उल्टाउँदै जित दर्ता गरेको हो।

घरेलु टोलीलाई खेलको तेस्रो मिनेटमा नै डुग्लास लुइजले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए।

तर, छैटौँ मिनेटमा जोएल माटिपले गोल गर्दै पाहुना टोलीलाई १–१ गोलको बराबरीमा ल्याए। ६५ औँ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए।

जितसँगै ३६ खेलमा ८६ अंक जोडेको लिभरपुलले दोस्रो स्थानमा रहँदै उपाधि होड कायम राखेको छ। एस्टन भिल्ला ४३ अंक जोडेर ११ औँ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved