महिलाको शव फेला

शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

नेपालभ्युज

महिलाको शव फेला
सांकेतिक तस्वीर।

रुकुम(पूर्व)। रुकुम(पूर्व) मा एक महिलाको शव फेला परेको छ।

पुथाउत्तरगङ्गा गाउँपालिका–११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो। सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयले जङ्गलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए। शव परीक्षणका लागि रुकुम(पूर्व) अस्पताल ल्याइँदैछ।

शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved