एकदिवसीय सिरिजको उपाधिका लागि नेपाल र जिम्बावे ‘ए’ भिड्दै

तीन खेलको सिरिज १–१ को स्थितिमा छ।

नेपालभ्युज

एकदिवसीय सिरिजको उपाधिका लागि नेपाल र जिम्बावे ‘ए’ भिड्दै

काठमाडौं। तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पाहुना टोली जिम्बावे ’ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ।

त्रिवि क्रिकेट मैदानमा नेपाल र जिम्बावे ’ए’ बीचको खेल बिहान साढे नौ बजे शुरु हुनेछ। नेपाल सिरिज जित्ने लक्ष्यसहित मैदान उत्रँदैछ।

तीन खेलको सिरिज १–१ को स्थितिमा छ। सिरिजको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो। दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हरायो।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बावे ’ए’सँग सिरिज खेलिरहेको हो।

एकदिवसीय भन्दा अगाडि भएको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved