केजीएफ च्याप्टर २ ले तोड्यो आमीर खानको दंगलको रेकर्ड

नेपालभ्युज

केजीएफ च्याप्टर २ ले तोड्यो आमीर खानको दंगलको रेकर्ड

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ ले बक्स अफिसमा आक्रामक कमाइ गरेको छ।

यश स्टारर फिल्म रिलिजको २१ दिपछि आमीर खानको फिल्म ‘दंगल’को बक्स अफिस रेकर्ड तोडेको हो। फिल्मले हरेक हप्ता सय करोड क्लब पार गर्दै गएको छ। प्रशान्त नील निर्देशित फिल्मको हिन्दी संस्करणले २२ औं दिनमा भारतमा मात्र ४०० करोड रुपैयाँ भारु कमाएको छ।

कन्नड सिनेमाका लागि यो ठूलो उपलब्धि हो। यसअघि, प्रभास र राणा दग्गुबती अभिनीत फिल्म बाहुबलीस् : कन्क्लुजनले यो माइलस्टोन हासिल गर्ने एक मात्र फिल्म बनेको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved