मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा

महाशाखाका अनुसार आज काठमाडौंको अधिकतम तापक्रम २८ दशमलव सात र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ। बितेको २४ घण्टामा काठमाडौंमा ४३ दशमलव सात मिलिमिटर वर्षा भएको छ।

नेपालभ्युज

मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौं। नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।

उक्त मौसमी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ को एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहने छ। पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा पनि देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

संघीय राजधानी काठमाडौं उपत्यकाको मौसम सफा रहेको छ। बिहानैदेखि पारिलो घाम लागेको छ।

महाशाखाका अनुसार आज काठमाडौंको अधिकतम तापक्रम २८ दशमलव सात र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ। बितेको २४ घण्टामा काठमाडौंमा ४३ दशमलव सात मिलिमिटर वर्षा भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved