एन्फालाई खेलाडीहरुको पत्र : उचित छानबिन होस्

खेलाडीहरुले आधारभूत आवश्यकताको माग राख्दा प्रशिक्षकले आफूहरुलाई टिमबाट निकालेको र एन्फाकै पदाधिकारीहरुले खेलाडीविरुद्ध अभिव्यक्ति दिएको भन्दै उनीहरुले आफू दुखी भएको बताएका छन्।

नेपालभ्युज

एन्फालाई खेलाडीहरुको पत्र : उचित छानबिन होस्

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमबाट बाहिरिएका १० खेलाडीले प्रशिक्षकसँगको विवाद र आफूहरुले क्याम्प छाडेको घटनामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले छानबिन गर्नुपर्ने माग राखेका छन्।

क्याम्प छाडेका १० खेलाडीहरुले आज एन्फामा पत्र बुझाउँदै आफूहरुको कुनै गल्ती नभएको अवस्थामा प्रमुख प्रशिक्षक अबदुल्लाह अलमुताइरीले क्याम्प छाड्न निर्देशन दिएको बताएका छन्।

खेलाडीहरुले आधारभूत आवश्यकताको माग राख्दा प्रशिक्षकले आफूहरुलाई टिमबाट निकालेको र एन्फाकै पदाधिकारीहरुले खेलाडीविरुद्ध अभिव्यक्ति दिएको भन्दै उनीहरुले आफू दुखी भएको बताएका छन्।

खेलाडीहरुको पत्रमा लेखिएको छ, ‘हामीले दैनिक जीवनयापनका लागि आवश्यक आधारभूत माग राख्दा उल्टो क्याम्प छोड्न निर्देशन दिनु र त्यसमाथि एन्फाका पदाधिकारीले सार्वजनिक रुपमा हामीविरुद्ध नै अनावश्यक प्रतिक्रिया दिनुले हामीलाई निकै दुखित तुल्याएको छ।’

यस्तै, अखिल नेपाल फुटबल खेलाडी संघले पनि खेलाडीहरु र प्रशिक्षको विवादमा आवश्यक छानबिन गरी उचित कदम चाल्न एनफालाई आग्रह गरेको छ। संघका अध्यक्ष विक्रम लामाको हस्ताक्षर रहेको पत्रमा गम्भीर विषयलाई एन्फाले प्राथमिकतामा राखेर उचित कदम चाल्ने विश्वास रहेको उल्लेख छ।

पत्रमा लेखिएको छ, ‘खेलाडीहरुमाथि सार्वजनिक रुपमा झुटो आरोप लगाएर खेलाडीको मान मर्यादामा आँच पुग्ने अभिव्यक्ति दिने र कदम चाल्ने व्यक्तिहरु खेलाडी मात्र नभएर समग्र फुटबल विकासमा बाधक हुन्। एन्फाले यस विषयमा उचित छानबिन गरेर दोषीलाई कारबाही गरोस् भन्ने हामीले माग राखेका छौँ। आशा छ, यस गम्भीर विषयलाई एन्फाले प्राथमिकतामा राखेर चाँडो भन्दा चाँडो उचित कदम अघि चाल्नेछ।’

यसअघि, अलमुताइरीले एन्फालाई पत्र लेख्दै खेलाडीहरुलाई कारबाही नगर्न भनेका थिए। उनले आफूले १० जना खेलाडीहरुलाई माफ गरिसकेको भन्दै कारबाही नगर्न भनेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved