कांग्रेस कुहिराको काग हो, उद्देश्य भनेको पेट भर्ने : ओली

उनले भने, ‘‘कांग्रेसले आफ्नो घोषणापत्रमा अलिअलि हाम्रा घोषणापत्रका कुरा, हामीले बोल्ने गरेका कुरा  अलिक लद्दु विद्यार्थीले जाँचमा चोरेजस्तो उतार गरेको छ।”

नेपालभ्युज

कांग्रेस कुहिराको काग हो, उद्देश्य भनेको पेट भर्ने : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरुलाई शुभकामना दिँदै उनले कांग्रेसमा राजनीतिक सोच नभएका व्यक्तिहरु उम्मेदवार भएर आएको बताए।

उनले नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहलाई बिना संकल्प र राजनीतिक सोचकी व्यक्ति भएको आरोप लगाउँदै एमालेले जित्ने दाबी गरे। ‘‘कांग्रेसको घोषणापत्रमा नेकपा एमालेलाई गाली गरेको छ, व्यक्तिगत तवरमा मलाई गाली गरेको छ,गाली राजनीतिक भएको भएप नि हुन्थ्यो होइन, असभ्य तरिकाले, निच भन्ने जस्ता शब्दहरू प्रयोग गरी गरी भद्दा गाली, असत्य, निराधार गाली गलौज गरेको छ,” उनले भने, ‘‘कांग्रेसले आफ्नो घोषणापत्रमा अलिअलि हाम्रा घोषणापत्रका कुरा, हामीले बोल्ने गरेका कुरा  अलिक लद्दु विद्यार्थीले जाँचमा चोरेजस्तो उतार गरेको छ।”

उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै ट्युसन सेन्टर खोल्ने भन्नेलाई भर्खर परीक्षा पास गरेका साथीहरूसँग एमालेभित्र पनि भिडाइदिने बताए। जब चाहियो भने बालकोट आउन र ट्युसन खोल्न आउने भए ठाउँ मिलाइदिने उनले बताए। नेपाली कांग्रेसलाई कुहिरोको काग भएको बताउँदै पार्टीहरूले महिला भनेर श्रीमती र छोरी उठाएको आरोप उनले लगाए।

‘‘कांग्रेस विचारशून्य, गन्तव्यहीन, विचारको हिसाबले कुहिराको काग हो, कुहिराका कागको उद्देश्य भनेको पेट भर्ने हो,” उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved