सप्तरी कुटपिट घटना प्रकरणः एक आरोपी पक्राउ

नेपालभ्युज

सप्तरी कुटपिट घटना प्रकरणः एक आरोपी पक्राउ
सांकेतिक तस्वीर

सप्तरी। खडक नगरपालिकाका भएको कुटपिट घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

गाउँलेको कुटपिटबाट वडा नम्बर ४ पंसेराका रामअशीष पासवानको छोरा २७ वर्षीय सन्तलाल पासवानको मृत्यु भएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीले आरोपितमध्ये स्थानीय दिलीप चौधरीलाई पक्राउ गरेको हो।

घटनाको गम्भीर रूपमा अनुसन्धान भइरहेको र फरार अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए।

सोमबार राति विवाहमा डिजे बाजा बजाएर नाचेको र जन्तीलाई रोकेका विषयमा दुई पक्षबीच झगडा भएको स्थानीयवासीले बताएका छन्। गाउँलेले झगडा छुटाएपछि पुनः अबेला राति हुल बाँधेर आएका आरोपितले सन्तलाललाई नियन्त्रणमा लिएर कुटपिट गरेको परिवारका सदस्यले बताएका छन्।

कुटपिटबाट पासवानको शरीरको विभिन्न भागमा चोटपटक लागी गम्भीर घाइते भई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेकामा आज चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक काफ्लेले बताए।

आरोपितलाई कडा कारबाही माग गर्दै स्थानीले पूर्वपश्चिम राजमार्गअन्तर्गत अमाहा चोकमा आज अपराह्न आधा घण्टा चक्काजाम गरेका थिए।

मृतकको विराटनगरस्थित कोसी अस्पतालमा आज शव परीक्षण भएको छ। शव गाउँ ल्याउने तयारी भइरहेको मृतकका परिवारका सदस्य छतिशलाल पासवानले बताए।–


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved