झापामा २ हजार ९ सय ९८ जनाको उम्मेदवारी दर्ता

नेपालभ्युज

झापामा २ हजार ९ सय ९८ जनाको उम्मेदवारी दर्ता

झापा। स्थानीय तह निर्वाचनका लागि झापामा करीब तीन हजार उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।

जिल्लाका १५ वटै स्थानीय तहमा नगरप्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य पदमा दुई हजार ९२८ जनाले मनोनयन गरेको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेले जानकारी दिए।

झापाको मेचीनगरमा सबैभन्दा धेरै ३३६ जनाले र सबैभन्दा कम हल्दिबारीमा ११५ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। भद्रपुरमा २५४, अर्जुनधारामा १९५, बिर्तामोडमा २२३, दमकमा १९४, गौरादहमा १८३, कनकाईमा २०४, शिवसताक्षीमा २४४, झापा ९गाउँपालिका० १७५, कचनकवलमा १७७, गौरीगञ्जमा १८८, बाह्रदशीमा १४६, बुद्धशान्तिमा १५४ र कमलमा १४० जनाले मनोनयन दर्ता गरेको कार्यालयले जनाएको छ।

जसमध्ये नगर प्रमुख/अध्यक्षमा १३० जना, उपप्रमुख/उपाध्यक्षमा १११, वडाध्यक्षमा ६८१ जना, महिला सदस्यमा ५०९, दलित महिला सदस्यमा ४१०, खुला सदस्यमा एक हजार ८७ ले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालय झापाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved