हेटौँडामा मदन-आश्रितको शालिक तोडफोड

मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पुरै शालिक उखेलेर फालिएको अवस्थामा रहेको भण्डारीले बताए।

हेटौँडामा मदन-आश्रितको शालिक तोडफोड

हेटौँडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा रहेको मदन–आश्रितको शालिक तोडफोड भएको छ। गएराति अज्ञात व्यक्तिहरुले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेका हुन्।

स्थानीय तहको निर्वाचन नजिकिँदै गरेको अवस्थामा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हेटौँडा–९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आरोप लगाए।

मदन भण्डारीको शालिकको टाउको भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पुरै शालिक उखेलेर फालिएको अवस्थामा रहेको भण्डारीले बताए। गल लगाएर उखेलेको अवस्था देखिएको उनको भनाइ छ।

पार्कमा रहेका अन्य संरचनाहरु भने केही गरिएको छैन। त्यहाँ रहेका गमलाहरु, बत्तीहरु केही नगरिनु र शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाहरुले नियोजित रुपमा गरिएको आपराधिक कार्य भएको वडाध्यक्ष भण्डारीले बताए।

अहिले इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारी सहितको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved