राक्सिराङ गाउँपालिकामा एमालेलाई हराउँदै गठबन्धनका उम्मेदवार विजयी

मल्लले ५ हजार ४८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बाबुलाल स्याङ्तानले ४ हजार ५७२ मत प्राप्त गरे।

राक्सिराङ गाउँपालिकामा एमालेलाई हराउँदै गठबन्धनका उम्मेदवार विजयी

हैटौँडा। मकवानपुर जिल्लाको विकट स्थानीय तह राक्सिराङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी भएका छन्।

मल्लले ५ हजार ४८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बाबुलाल स्याङ्तानले ४ हजार ५७२ मत प्राप्त गरे।

मल्लले आफ्नो निकटतम प्रतिस्पर्धीलाई ९०९ मतान्तरमा पराजित गर्दै दोस्रो कार्यकालको लागि विजयी भएका हुन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मल्ल नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

त्यसैगरी, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका वनस्थम थिङ विजयी भएका छन्।

थिङले ४ हजार ८३९ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुन्तलीमाया प्रजाले ४ हजार १२९ मत प्राप्त गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved