हेटौंडा उपमहानगरपालिकाको मतगणना सात बजेबाट शुरु हुने

हेटौंडा उपमहानगरपालिकाको मतगणना सात बजेबाट शुरु हुने

हेटौंडा उपमहानगरपालिकाको मतगणना अहिले सात बजेबाट शुरु हुने भएकोछ । हिजो मतपेटिका संकलनमा केही ढिलाइ भएपछि आजबाट गणना शुरु गर्न लागिएको हो ।

हेटौंडा उपमहानगरपालिकामा ७४ हजार १ सय ८५ जनाले मतदान गरेका छन् । पालिकाको १९ वटै वडामा जम्मा १ लाख ४ हजार ४ सय ७३ जना मतदाता रहेकोमा ७१ प्रतिशत मतदाताले मतदान गरेको सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।

हेटौंडा १ नम्बर वडामा ३ हजार २ सय ९३ जनाले मतदान गरेका छन् । यस्तै हेटौडा वडा नम्बर २ मा २ हजार २ सय ९२ जनाले मतदान गरेका छन् । यस्तै हेटौडा ३ नम्बर वडामा ३ हजार ३ सय ७५ जना, ४ नम्बर वडामा ५ हजार ७७ जना, ५ नम्बर वडामा ५ हजार १ सय ९६ जना, ६ नम्बर वडामा ३ हजार ४ सय ९८ जनाले मतदान गरेका छन् ।

यस्तै हेटौडा ७ नम्बर वडामा २ हजार ९ सय ४० जना, ८ नम्बर वडामा ४ हजार ४ सय ८ जना, ९ नम्बर वडामा ४ हजार ४ सय १ जना, १० नम्बर वडामा २ हजार ४ सय २१ जना, ११ नम्बर वडामा ४ हजार १ सय ६८ जना १२ नम्बर वडामा ४ हजार ५ सय २५ जनाले मतदान गरेका छन् ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर १३ मा ३ हजार ९ सय ५१ जना १४ नम्बर वडामा ३ हजार १ सय १० जना १५ नम्बर वडामा ४ हजार २ सय ४९ जना १६ नम्बर वडामा ३ हजार ७ सय ४५ जना १७ नम्बर वडामा ३ हजार ८ सय ७३ जनाले मतदान गरेका छन् । यस्तै हेटौडा उपमहानगरपालिका वडा नम्बर १८ मा ४ हजार ४९ जना १९ नम्बर वडामा ३ हजार ९ सय २५ जनाले मतदान गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved