भोट हाल्न उत्साहित मकवानपुरका मतदाता (तस्वीरहरू)

भोट हाल्न उत्साहित मकवानपुरका मतदाता   (तस्वीरहरू)

हेटौँडा। मकवानपुरमा स्थानीय निर्वाचनको मतदान जारी छ। जिल्लाका दशओटै मतदानस्थलमा मतदाताहरू उत्साहपूर्ण रूपमा मतदान गरिरहेका छन्।

हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाका केही स्थानबाट लिइएको तस्वीरहरू, यहाँ मकवानपुरमा २ लाख ९४ हजार ९१९ र १ लाख ४ हजार ४७३ जना मतदाता रहेका छन् ।

मकवानपुर जिल्लामा दिउँसो १२ बजेसम्ममा करीब ३५ प्रतिशत मत खसेको छ। जसमध्ये हेटौंडा १५ स्थित गाविस भवनमा ४० प्रतिशत मत खसिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मकवानपुरको विकट गाउँपालिकाको रुपमा रहेको राक्सिराङ, कैलाश गाउँपालिकामा पनि २५ प्रतिशत भन्दा बढी मत खसिसकेको कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए। शर्माका अनुसार मकवानपुर जिल्लामा अहिलेसम्म कुनै पनि अप्रिय घटना भने घटेको छैन। मतदाताहरु निकै उत्साहका साथ निर्वाचनमा भाग लिइरहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved