अफगानिस्तानमा बम विस्फोट, कम्तीमा १६ जनाको मृत्यु

अफगानिस्तानमा भएका दुई बम विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। ४० भन्दा बढी घाइते भएका छन्। मजार–ए–शरीफ सहरको मस्जिद नजिक र कुन्दुज सहरको एक प्रहरी चौकी नजिकै विस्फोट भएको हो।

नेपालभ्युज

अफगानिस्तानमा बम विस्फोट, कम्तीमा १६ जनाको मृत्यु
फाइल फोटो

काठमाडौं। अफगानिस्तानमा भएका दुई बम विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। ४० भन्दा बढी घाइते भएका छन्। मजार–ए–शरीफ सहरको मस्जिद नजिक र कुन्दुज सहरको एक प्रहरी चौकी नजिकै विस्फोट भएको हो।

पहिलो विस्फोट मजार–ए–शरीफ सहरको मस्जिद नजिक भएको थियो। उक्त विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ५८ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये ३२ जनाको अवस्था गम्भीर रहेको छ।

दोस्रो विस्फोट कुन्दुज सहरको एक प्रहरी चौकी नजिकै भएको थियो। प्रहरी प्रवक्ताका अनुसार विस्फोटमा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

अफगानिस्तानको समाचार आउटलेट टोलो न्यूजको रिपोर्ट अनुसार पहिलो विस्फोट शिया समुदायको सबैभन्दा ठूलो मस्जिदमध्ये एक मजार–ए–शरीफको एक शिया मस्जिद नजिक भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved