जैमिनीले सम्झियो राष्ट्रसेवक व्यक्तित्वहरूलाई

नेपालभ्युज

जैमिनीले सम्झियो राष्ट्रसेवक व्यक्तित्वहरूलाई

बागलुङ। बागलुङ जिल्लाको दक्षिण भेगीय जैमिनी नगरपालिकामा जन्म भई राष्ट्रसेवामा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सो नगरपालिकाकाले सम्मान गरेको छ।

जैमिनी ऋषिले तपस्या गरेको ठाउँ भएकोले सोही ऋषिको नाममा स्थापित नगरपालिकाले शिक्षा, साहित्य, स्वास्थ्यक्षेत्र, कला, समाजसेवा, वनविज्ञान, भौतिकशास्त्रलगायत क्षेत्रमा उल्लेख्य कार्य गरेर राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा परिचित ११ जना व्यक्तित्वहरूलाई सम्मान गरेको थियो।

सम्मानित हुनेहरूमा पूर्वसचिव एवं राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा,साहित्यसर्जक मुकुन्द शर्मा चालिसे, डा. दीनबन्धु शर्मा, प्रा.डा. तरुण पौडेल, डा. रामु शर्मा, डा. प्रमोद ढकाल, जीवन शर्मा, डेगेन्द्रराज शर्मा, ऋषिकेश शर्मा, नारायण शर्मा आचार्य र डा. माधव आचार्य रहेका थिए।

सम्मान कार्यक्रममा पूर्वसचिव डा. महाश्रम शर्माले मन्तव्य राख्दै सम्मानले आफूहरूलाई थप उत्प्रेरित तुल्याउनुका साथै प्रेरणासमेत दिएको बताए। उनले भने, ‘यो सम्मानलाई यथावत राख्न हामीलाई अझ जिम्मेवार तुल्याएको छ, हामीमा कर्तव्यबोध गराएको छ।’

सम्मानित व्यक्तित्वहरूलाई नगरप्रमुख इन्द्रराज पौडेलले सम्मान गरेका थिए। कार्यक्रममा नगरउपप्रमुख लीला राना मगर, जनता मावि, पैंयु थङथापका प्रधानाध्यापक नूमकुमारी शर्मा, प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइराला, नरबहादुर थापालगायतले मन्तव्य राखेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved