‘बिस्का जात्रा’लाई विश्वसम्पदा सूचीकृत गर्ने अभियान शुरु

नेपालभ्युज

‘बिस्का जात्रा’लाई विश्वसम्पदा सूचीकृत गर्ने अभियान शुरु

काठमाडौं। मध्यपुर थिमी नगरपालिकाले आफ्नो ऐतिहासिक पर्व ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचिमा सूचिकृत समावेश गर्ने अभियान शुरु गरेको छ।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गर्दै यसलाई विश्वसम्पदा सूचीमा समावेश हुनेगरी अभियान शुरु गरिएको जानकारी दिए।

मंगलबार काठमाडौं भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी उनले त्यसलाई विश्व सम्पदा सूचीकृत गर्नका लागि आगामी ३० वैशाख देखि २ गतेसम्म हुने सो जात्राको प्रसारप्रचारको काममा सहयोग गरिदिन पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे।

उनले काठमाडौं उपत्यकाका सबै नगरपालिकाका मेयरहरूलाई सो जात्रामा एकसाथ सहभागी गराउन लागिएको पनि बताए। सम्बन्धित सबै पक्षले यस जात्राको प्रवर्द्धन सहयोग गरे विश्वसम्पदा सूचीमा समावेश गराउन सहज हुने मेयर श्रेष्ठको भनाइ थियो।

पत्रकार सम्मेलनमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यकाभित्रका सबै जात्राहरूको ऐतिहासिक महत्वबारे नयाँ पिँढीलाई जानकारी दिन पनि सबै जात्राहरूको प्रवद्र्धन गर्ने अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको बताए। उनले ऐतिहासिक तथा धार्मिक सम्पदाहरूको प्रवदर्द्धनले पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पारे।

कार्यक्रममा बिस्का जात्राको फोटोसमेत प्रर्दशनी गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved