ट्विटरमा एडिट बटम राख्न एलन मस्कले मागे मत

यसै झन्झटबाट मुक्त हुन धेरै प्रयोगकर्ताले एडिट बटम माग गर्दै आएका थिए। ट्विटरको ९.२ प्रतिशत सेयर किनेपछि मस्कले एडिट बटन राख्नेबारे ट्विटरमै मत मागेका हुन्।

नेपालभ्युज

ट्विटरमा एडिट बटम राख्न एलन मस्कले मागे मत

काठमाडौं। टेस्लाका मालिक एलन मस्कले माइक्रो ब्लगिङ साइट ट्विटरमा एडिट बटन राख्नेबारे मत मागेका छन्। फेसबुक, युट्युब, लिंक्डइनलगायतका सामाजिक सञ्जालमा गरिएको पोस्ट सम्पादन गर्न मिल्ने भएपनि ट्विटरमा भने मिल्दैन।

सम्पादनको फिचर नहुँदा प्रयोगकर्ताले पोस्ट गर्ने क्रममा केही त्रुटि भएमा मेट्नुपर्ने हुन्छ वा थ्रेड बनाएर भूल सुधार भएको जानकारी गराउनुपर्छ।

यसै झन्झटबाट मुक्त हुन धेरै प्रयोगकर्ताले एडिट बटम माग गर्दै आएका थिए। ट्विटरको ९.२ प्रतिशत सेयर किनेपछि मस्कले एडिट बटन राख्नेबारे ट्विटरमै मत मागेका हुन्।

ट्विटरमा पहिलादेखि नै सक्रिय मस्कले कम्पनीको सबैभन्दा ठूलो सेयर धनी भएपछि एडिट बटन राख्नेबारे पोल चलाएका हुन्। उक्त पोलमा भोट गरेका झन्डै ७५ प्रतिशतले एडिट बटन चाहिन्छ भनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved