राष्ट्रपति भण्डारीद्वारा गोरखनाथ र गणेशका प्राचीन मूर्तिबाहेक नै काष्ठमण्डप लोकार्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपभित्र राखिएका  गोरखनाथ र गणेशका  नयाँमूर्तिबाहेक लोकार्पण गरेकी छिन्। काष्ठमण्डपभित्रका गोरखनाथको मूर्ति र गणेशका ४ वटा प्राचीन मूर्तिलाई प्रतिस्थापन गरी नयाँ मूर्ति राखिएकोविरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेकाले ती  मूर्तिहरूबाहेक  मात्र काष्ठमण्डपको उद्घाटन गरेकी हुन्।

राष्ट्रपति भण्डारीद्वारा गोरखनाथ र गणेशका प्राचीन मूर्तिबाहेक नै काष्ठमण्डप लोकार्पण
तस्वीर: विप्लव रेग्मी र सुमन नेपाली

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपभित्र राखिएका  गोरखनाथ र गणेशका  नयाँमूर्तिबाहेक लोकार्पण गरेकी छिन्। काष्ठमण्डपभित्रका गोरखनाथको मूर्ति र गणेशका ४ वटा प्राचीन मूर्तिलाई प्रतिस्थापन गरी नयाँ मूर्ति राखिएकोविरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेकाले ती  मूर्तिहरूबाहेक  मात्र काष्ठमण्डपको उद्घाटन गरेकी हुन्।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मुद्दा परेका गोरखनाथ र ४ वटा गणेशका प्राचीन मूर्तिबाहेक मात्र लोकार्पण भएको बताए। उनले भने, “अदालतमा मुद्दा परेको छ। सम्मानित अदालतले जे निर्णय गर्छ, हामी स्वीकार गर्छौ। विवादित क्षेत्रमा हामी बोलेको छैनौ। विवादित मूर्तिबाहेकका कुरा लोकार्पण गर्न लागिएको हो।”

उद्घाटनपछि समारोहलाई सम्बोधन गर्दै  राष्ट्रपति भण्डारीले विश्व सम्पदामा सूचीकृत हनुमानढोकालाई संरक्षण गर्न काठमाडौं महानगरले खेलेको भूमिकाको प्रशंशा गरिन्। “मौलिक र आकर्षक शैलीमा पुनर्निर्माण हुनु गौरवपूर्ण काम हो। यसबाट पुराना सम्पदा नया शीराबाट बनाउन सक्छौ भन्ने पुष्टि भएको छ,” उनले भनिन्, “भूकम्पपछि काष्ठमण्डपबारे नयाँ तथ्य भेटिएको छ। हाम्रो सम्पदा हामी आफैँले पुनर्निर्माण गर्न सक्छौँ भन्ने उदाहरण बनेको छ।”

काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले लामो समयको प्रयासपछि काष्ठमण्डप लोकार्पण भएको बताए। “हामी निर्वाचित हुनुभन्दा अघि ५ वटा समिति थिए। हामी आएपछि काठमाडौ महानगरपालिकाले बजेट दिन सक्छ भनेर विज्ञ, सल्लाहकार समिति बनाएर काम भयो,” उनले भने।

मेयर शाक्यले सबै सम्पदा पुनर्निर्माण गर्न सक्षम रहेको बताए। उनले भने, “सांस्कृतिक सहर काठमाडौं महानगर बनाउन सक्छ कि सक्दैन भनेर प्रश्न आएको थियो। अहिले हराइसकेको अमूर्त सम्पदा चलायमान भएको छ।”

सम्पदा पुनर्निर्माणबाट सम्पूर्ण नगरवासीको विश्वास जागेको  बताउँदै उनले भने, “पहिले वर्षको दुई/तीन वटा काम गर्ने नगरपालिकाका कर्मचारीले अहिले दुई/तीन सय काम गर्‍यो। कर्मचारी थप्न, इञ्जिनीयर थप्न सकेनौं। त्यसैले समयमा काम भएन।”

सर्वोच्च अदालतको आदेशविपरीत नयाँ मूर्ति राखिएको भन्दै उक्त नयाँ मूर्ति राखिएकोविरुद्धमा आइतबार मात्र सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। काष्ठमण्डपभित्र रहेका गोरखनाथ र ४ वटा गणेशका मूर्ति परिवर्तन गरी नयाँ हालेको भन्दै २८ पुसमा जनहित संरक्षण मञ्चको तर्फबाट आफ्नो हकमा समेत अधिवक्ता सञ्जय अधिकारीले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए।

तस्वीरहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved