पूर्वप्रधानमन्त्री चन्दलाई भेट्दै दुर्गा प्रसाईँले लेखे: आन्दोलनको तयारीस्वरूप अर्थपूर्ण भेट

नेपालभ्युज

पूर्वप्रधानमन्त्री चन्दलाई भेट्दै दुर्गा प्रसाईँले लेखे: आन्दोलनको तयारीस्वरूप अर्थपूर्ण भेट

काठमाडौं । पछिल्लो समय ‘भाइरल म्यान’ दुर्गा प्रसाईले राजसंस्थासँग आस्था राख्नेहरूलाई भेट्दै आएका छन् ।

पछिल्लो समय पञ्चायतकालका चर्चित राजनीतिक खेलाडीको रुपमा चिनिएका लोकेन्द्रबहादुर चन्दसँग उनले भटेका छन् ।

मेडिकल व्यवसायी समेत रहेका प्रसाईँ राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक हुन् ।

आन्दोलनको तयारीस्वरुप आफूले पूर्वप्रधानमन्त्री चन्दलाई भेटेको प्रसाईँले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘आन्दोलनको तयारीस्वरुप आदरणीय दाजु लोकेन्द्रबहादुर चन्दसँग अर्थपूर्ण भेटघाट तथा छलफल !’, उनले फेसबुकमा लेखेका छन् ।

प्रसाईँले गतसाता प्रसाईँले पूर्वराजा ज्ञानेन्द्रदेखि बलिउड अभिनेत्री मनीषा कोइरालासम्मलाई भेटिसकेका छन् । प्रसाईँ राजसंस्था फर्काउने उद्घोषसहित केही महिनादेखि मैदानमा उत्रिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved