त्रिकोणात्मक टी–२० सिरिज : मलेसियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

यसअघि, जारी सिरिजको पहिलो भेटमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको थियो।

नेपालभ्युज

त्रिकोणात्मक टी–२० सिरिज : मलेसियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं। त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आजको खेलमा नेपाल मलेसियासँग टस हारेर ब्याटिङमा उत्रिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सिरिजअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले मलेसियाको सामना गर्न लागेको हो। लगातार तीन खेल जितेको नेपाल सिरिजको फाइनल पुगिसकेको छ।

मलेसियाले फाइनलमा स्थान बनाउनका लागि आजको खेल जित्नैपर्ने दबाब छ। आज मलेसिया पराजित भए पीएनजी फाइनलमा पुग्नेछ।

यसअघि, जारी सिरिजको पहिलो भेटमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको थियो।

नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ। आज सोमपाल कामीको स्थानमा कमल सिंह ऐरीले टोलीमा स्थान बनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved