मेस्सीलाई बार्सिलोना बोलाउँदै बुस्केटले भने, ‘कप्तानी छाड्न तयार छु’

नेपालभ्युज

मेस्सीलाई बार्सिलोना बोलाउँदै बुस्केटले भने, ‘कप्तानी छाड्न तयार छु’

काठमाडौं । सन् २००८ देखि बार्सिलोनाको टोलीमा रहेका कप्तान सर्जियो बुस्केटले पूर्वकप्तान तथा पीएसजी गएका लियोनल मेस्सी फर्किए आफू कप्तानी छाड्न तयार रहेको बताएका छन्। आफूले क्लबमा मेस्सीलाई बारम्बार सम्झिरहेको बताएका बुस्केटको यो समरमा बार्सिलोनासँगको सम्झौता सकिँदैछ।

सम्झौता सकिएपछि उनले मेस्सीलाई क्याम्प नोउमा स्वागत गर्न आतुर रहेको बताएका हुन्।

सर्जियो बुस्केट्सले लियोनेल मेस्सीको बारेमा भनेका छन्, ‘म उसलाई सम्झन्छु र म पक्का छु कि उसले पनि मलाई याद गर्नेछन्। मेस्सी पेरिसबाट फर्किएमा क्याम्प नोउमा कप्तानको आर्मब्यान्डलाई खुशीसाथ फिर्ता दिन तयार छु।”

यता बार्सिलोनाको प्रशिक्षण सम्हालिरहेका जाभीले पनि मेस्सीलाई आफ्नो पंक्तिमा पुनः सामेल हुन ढोका खुलै रहेको प्रतिक्रिया दिएका गोल डटकमले लेखेको छ।

गत सिजनदेखि मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन पीएसजीबाट खेलिरहेका छन्। उनले पनि त्यहाँ अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनन्। पीएसजी यो सिजनको च्याम्पिन्स लिगमा स्पेनी क्लब रियल मड्रिडसँग लज्जास्पद हार बेहोर्दै बाहिरिएको थियो।

बार्सिलोनाले भने शुरुआती अवस्थामा कमजोर देखिए पनि अहिले प्रदर्शन सुधार गर्दै लगेको छ। यस्तोमा बुस्केटले मेस्सीको पुनरागमले बार्सिलोना थप बलियो हुने बताएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved