रूसको आक्रमणमा परेर युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा १२ को मृत्यु

नेपालभ्युज

रूसको आक्रमणमा परेर युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा १२ को मृत्यु

एजेन्सी । युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ। रुसको सुरक्षा फौजले गरेको हवाई आक्रमणमा परी ३३ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

युक्रेनको दक्षिणपूर्वी क्षेत्रमा पर्ने माइकोलायीभ सहरमा घटना भएको युक्रेनको आन्तरिक मामिला मन्त्रालयले मंगलबार जनाएको छ। स्थानीय समय अनुसार बिहान ८.४५ मा हवाई आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन्। आक्रमणका कारण झण्डै ९ भवनमा क्षति पुगेको छ।

घटनास्थलबाट १८ जनालाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ। घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved