माओवादीको नेतृत्वमा नेपाल कहालीलाग्दो लोडसेडिङ्गबाट मुक्त भएको हो: प्रचण्ड

नेपालभ्युज

माओवादीको नेतृत्वमा नेपाल कहालीलाग्दो लोडसेडिङ्गबाट मुक्त भएको हो: प्रचण्ड
फाइल तस्वीर

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको नेतृत्वमा नेपाल लोडसेडिङ्गको कहालिलाग्दो अवस्थाबाट मुक्त भएको बताएका छन्।

राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्दै उनले अब नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुने बताए। नेपालको अपार जलस्रोतको भण्डारलाई ऊर्जा उत्पादनको क्षेत्रमा क्रान्तिकारी छलाङ मारिरहेको र यसलाई सरकारले उर्जाखानीको रूपमा विकास गर्नुपर्ने बताउनुभयो।

उनले अथाह उर्जा उत्पादन यसको बजारीकरण र विश्वबजारमा बिजुली बेचेर आर्थिक क्रान्ति गर्दै समृद्धिको यात्रा तय गर्नुपर्ने बताए। चितवनमा अबको ५० वर्षलाई धान्नेगरी ठूला ठूला भौतिक पूर्वाधारको योजना बनाउन मन्त्री तथा प्राधिकरणका कार्यकारी निर्देशकलाई उनले आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved