एक युक्रेनी कविता : युद्ध

हामीले स्वयं आफ्ना आँखाहरूले
घोषणा देखेका थियौँ
‘युद्ध दुई बजे आउने छ।’

एक युक्रेनी कविता : युद्ध

(यतिबेला युक्रेन युद्धभूमिमा बदलिएको छ। रूसद्वारा थोपरिएको युद्धको कारण लाखौं युक्रेनी नागरिक आफ्नो जन्मथलो छाडेर अरू मुलुकमा शरणार्थी बन्न बाध्य छन्। लाखौं नागरिक घरबारविहीन बन्न पुगेको छ।

केही वर्षअघि युद्धको त्रासदीलाई युक्रेनी कवयत्री इया कीवाले काव्यात्मक ढंगले रेखांकन गरेकी थिइन्। जुन कवितामा युद्धविरोधी स्वर प्रस्टै सुन्न सकिन्छ। पेसागत रुपमा पत्रकार र अनुवादक रहेकी इयाको यो कविता ‘इण्डिया टुडे’ को साहित्य वार्षिकी–२०१९ बाट लिइएको हो। यसको अनुवाद नेपाली कवि रासाले गरेका हुन्।)

के धारामा गर्मी युद्ध छ
के धारामा शीत युद्ध छ
यस्तो कसरी हुन्छ– युद्ध एकदम छैन
यसको कबुल गरिएको थियो
मध्याह्नको भोजनपछि
हामीले स्वयं आफ्ना आँखाहरूले
घोषणा देखेका थियौँ
‘युद्ध दुई बजे आउने छ।’

र, अहिले तीन घण्टा भइसकेको छ
युद्ध छैन
६ घण्टा युद्धबिना
के होला
यदि रात पर्‍यो र युद्ध नआए
युद्धबिना हामी कपडा धुन सक्तैनौँ
बेलुकीको खाना बनाउन सक्तैनौँ
खालि चिया पनि पिउन सक्तैनौँ
युद्धबिना
अहिले बिनायुद्ध आठ दिन बितिसक्यो
दुर्गन्ध आइरहेको छ
हाम्रा पत्नीहरू हामीसित ओछ्यानमा सुत्न चाहँदैनन्
बच्चाहरूले हाँस्न र गुनासो गर्न भुलिसके
हामी सधैँ किन सोच्छौँ
हामीसँग युद्ध हुने छैन
हो हजुर,
जाऊँ युद्ध उधारो लिनका लागि
छिमेकीहरूकहाँ जाऊँ
आफ्नो हराभरा पार्कको अर्को तर्फ
ध्यान दिऊँ
हाम्रो युद्ध कहीँ सडकमा नछचल्कियोस्
यही सोचेर हिँडौँ–
युद्धबिना
जीवन बस एउटा तात्कालिक कठिनाइ हो
यस इलाकाका लागि
यो नितान्त अस्वाभाविक कुरा हो
यदि युद्ध पाइपहरूबाट पुगेको छैन भन्देखिन्
हरेक घरभित्र
हरेक घाँटीभित्र।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved