प्रेरक प्रसङ्ग

जीवनमा आउने राम्रा–नराम्रा दुवै अवसरको आनन्द लिनुस्

एकपटक एक व्यक्ति कतै जाँदै थिए र उनको अगाडि एउटा पागल हात्ती आइपुगेको थियो। हात्तीबाट बच्नका लागि यी व्यक्ति दौडिए। र, कुवामा चिप्लिए। खस्नुअघि उनले एउटा रुखको हाँगा समातेका थिए।

नेपालभ्युज

जीवनमा आउने राम्रा–नराम्रा दुवै अवसरको आनन्द लिनुस्

रूसी विद्धान तथा दार्शनिक लियो टोल्स्टोय एकपटक मृत्यु र जीवनबारे प्रवचन दिइरहेका थिए। जसले टोल्स्टोयलाई सुनिरहेका थिए, उनीहरूले भने, ”तपाईले गरेका हरेक कुरामा जीवन र मृत्यु उल्लेख हुन्छ। त्यसो भए के तपाईलाई जीवन-मृत्युसँग यति धेरै प्रेम छ ? त्यहीकारण तपाई अलग-अलग ढंगले यसको व्याख्या गर्नुहुन्छ।”

टोल्स्टोयले भने,”मैले ठूला दाइ क्षयरोगबाट मरेको देखेँ र मैले उक्त दृश्यलाई भुलाउन सकिनँ। समय समय मेरो पारिवारिक जीवनमा यस्तो स्थिति बन्छ कि एकपटक त मलाई आत्महत्या गर्न मन लागिसकेको थियो। फेरि त्यसपछि मैले जीवनको अर्थ सम्झिएँ ।”

यति भनेपछि टोल्स्टोयले जीवन र मृत्युको किस्सा सुनाउन थाले।

एकपटक एक व्यक्ति कतै जाँदै थिए र उनको अगाडि एउटा पागल हात्ती आइपुगेको थियो। हात्तीबाट बच्नका लागि यी व्यक्ति दौडिए। र, कुवामा चिप्लिए। खस्नुअघि उनले एउक रुखको हाँगा समातेका थिए।

ती व्यक्तिले तल कुवामा एउटा गोही देखेँ। गोही देखेर ती व्यक्ति डराइरहोक थिए। माथि रुखमा बारुल्लाको एउटा झुन्ड थियो। यही समय रुखबाट हंगाबाट महको थोपा झर्न थाल्यो। रुखको हांगामा अड्किएर उसले मुख खोल्यो।

मुखमा महका थोपाहरू पर्न थाले। त्यतिबेला उसले देख्यो कि दुई मुसाहरू, एक कालो र अर्को सेतो मुसा, रुखको जरा खन्दैछन्।

के हुँदैछ यी व्यक्तिले सोच्नै सकेनन् ?
कथा सुन्दै गरेका मानिसहरूले टोल्स्टोयलाई सोधे कि तपाई यस कथाको माध्यमबाट के भन्न खोज्दै हुनुहुन्छ ?

टोल्स्टोयले भने, ”यस कहानीमा जो हात्ती छ, त्यो मृत्यु हो। मानिसलाई कालको धक्का लाग्यो। गोही साक्षात् मृत्युको प्रतीक हो। महको थोपा जीवनको रस हो । जुन मुसाले रुखको जरा खनिरहेको छ, त्यो दिन र रात हो। यसैगरी हाम्रो जीवन चल्छ। कहिले आशा, कहिले निराशा । जीवन र मृत्युको बीचमा जति पनि राम्रा-नराम्रा अवसर आउँछ, हामीले सबैको रसपान अर्थात् आनन्द लिनुपर्छ।”

नैतिक शिक्षा
सुख-दुख सबैको जीवनमा आउँछ र जान्छ। कोरोना महामारीका कारण पछिल्ला दुई वर्ष हामी जीवन-मृत्युसँग आमने-सामने थियौं। हामीले जीवनको हरक पलको आनन्द लिनुपर्छ। हरक परिस्थितिमा सराकात्मक रहन सक्यौँ भने जीवन शान्त रहन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved