सर्भरमा समस्या देखिएपछि यातायात व्यवस्था विभागको सेवा बन्द

विभागले सर्भरको समस्या समाधान भएलगत्तै सेवा पुनः शुरु हुने जनाएको छ।

नेपालभ्युज

सर्भरमा समस्या देखिएपछि यातायात व्यवस्था विभागको सेवा बन्द

काठमाडौं। यातायात व्यवस्था विभागको सेवा बन्द भएको छ। विभागको सर्भरमा समस्या आएपछि सेवा बन्द भएको विभागले जनाएको छ।

सर्भरमा समस्या देखिएका कारण आजदेखि सेवा बन्द गर्न लागेको विभागले जनाएको छ। विभागका अनुसार आज साँझ पाँच बजेदेखि सेवा बन्द गर्न लागिएको हो।

सेवा बन्द गर्दा सेवाग्राहीमा पर्ने असुविधाका लागि विभागले माफी मागेको छ। विभागले सर्भरको समस्या समाधान भएलगत्तै सेवा पुनः शुरु हुने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved