‘निर्दोष डेरावाल’ उपन्यास बजारमा

नेपालभ्युज

‘निर्दोष डेरावाल’ उपन्यास बजारमा

काठमाडौं। विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ बजारमा आएको छ। पुस्तकको वरिष्ठ साहित्यकार पूर्व प्रा. डा. गोविन्दराज भट्टराई, अञ्जना वस्ती भट्टराई, साहित्यकार तथा शिक्षाविद् डा. सुरेन्द्र सिटौला, समालोचक साधना प्रतीक्षा र महेश पौडेललगायतले संयुक्त रूपमा विमोचन गरेका हुन्। शनिबार त्रिभुवन विश्वविद्यालयमा उपन्यास विमोचन गरिएको हो।
पुस्तक विमोचनपछि पूर्व प्रा. डा. भट्टराईले विश्वविद्यालयमा लामो समयपछि एक विलक्षण प्रतिभा भएको हस्तीको जन्मभएको बताए।
समालोचक महेश पौडेलले उपन्यास एउटा तिलस्मी भएको ठहर गरे । समाजमा बदनाम भइसकेपछि त्यसबाट कसरी छुटकारा पाउने भन्ने प्रश्न उपन्यासले गरेको उनले बताए।
समीक्षक साधना प्रतीक्षाले बौद्धिक चोरीमा आफ्नो पीडा व्यक्त गर्न नसकेका आम बौद्धिक वर्गको पीडालाई उपन्यासले उतारेको बताइन्।
त्यस्तै, अञ्जना वस्ती भट्टराईले लेखकमा गोविन्दराज भट्टराईको अनुहार देखेको धारणा राखिन्। साहित्यकार तथा शिक्षाविद् सुरेन्द्र सिटौलाले एक सशक्त लेखकको जन्म भएकोमा बधाई दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved