किम्फको २१ औँ संस्करण १६ गतेदेखि

नेपालभ्युज

किम्फको २१ औँ संस्करण १६ गतेदेखि

काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्फको २१ औँ संस्करण आउँदो १६ गतेदेखि शुरु हुने भएको छ । काठमाण्डौको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा चार दिनसम्म चल्ने किम्फमा २२ देशका ६० भन्दा बढी फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ ।

यस संस्करणको नारा ‘इकोज अफ चेन्ज’ अर्थात् ‘परिवर्तनको प्रतिध्वनि’ राखिएको छ । किम्फको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक फिल्म समावेश छन् । यसैगरी नेपाल पानोरामा शीर्षकअन्तर्गत पहिलेजस्तै स्वदेशी प्रतिभाका रोमाञ्जक फिल्महरू प्रस्तुत हुनेछन् ।

आयोजक संस्था किम्फ फाउण्डेसनकी अध्यक्ष रम्यता लिम्बूकाअनुसार इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’ को प्रिमियरबाट किम्फ शुरु हुनेछ । नेपालमा छायाँकन गरिएको यो वृत्तचित्र बाघको बच्चालाई शिकारीबाट बचाउन साहसिक यात्रामा निस्किएको एक युवाको कथा हो ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved