टीओआर टुंग्याउन कार्यदलको बैठक जारी, माओवादीका पाण्डे पनि सहभागी

नेपालभ्युज

टीओआर टुंग्याउन कार्यदलको बैठक जारी, माओवादीका पाण्डे पनि सहभागी

काठमाडौं । संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन गठन भएको कार्यदलको बैठक बसिरहेको छ ।

सिंहदरबारमा अहिले बैठक जारी छ । आजको बैठकमा दलहरुबीच सहमति हुने नेतारुहले दाबी गरेका छन् ।

संसदीय समिति गठन र संकटग्रस्त सहकारीबारे अध्ययन गर्न र सुझाव दिन कार्यदलमा सहमति छ ।

तर, गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन गर्ने भाषा टीओआरमा राख्न सत्तापक्षले अस्वीकार गर्दै आएको छ भने नेपाली कांग्रेसले गर्नैपर्ने अडान राखेको छ ।

बैठकमा कानूनमन्त्रीसमेत रहेका कार्यदलका संयोजक पदम गिरी, एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका नेताद्वय जीवन परियार र ज्ञानेन्द्र कार्की, रास्वपाका नेता शिशिर खनाल र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् । कार्यदलको बैठकमा पाण्डे भने पहिलो पटक सहभागी भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved