एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्दैछिन् । उनका ताजा तस्वीरहरू सामाजिक सञ्जाल तथा मिडियामा भाइरल भइरहेका छन् । दीपिकाले यी तस्वीरहरूमा पहेंलो ड्रेसमा बेबी बम्पसँग राम्री देखिएकी छन् ।
दीपिका हालै एक कार्यक्रममा देखिएकी थिइन्, जहाँ उनका यी तस्वीरहरू खिचिएका छन् । दीपिकाका तस्वीरहरू उनका प्रशंसकहरूले पनि सेयर गरिरहेका छन् । साथमा बन्दै गरेकी आमा कति राम्री देखिएकी छन् भनेर कमेन्ट गरेका छन् ।
उनको हाउभाउ तथा पेटलाई देखेर कतिपयले छोरा वा छोरी जन्मिने विषयमा पनि अड्कलबाजी गरिरहेका छन् । धेरैले उनलाई सानी दिपु आउँदैछन् भनेका छन् । त्यस्तै, एक फ्यानले ‘यिनको छोरी नै जन्मिन्छ ।’ भनेर ठोकुवा समेत गरेका छन् ।
प्रशंसकहरूले जस्तो अनुमान लगाए पनि दीपिका र रणवीरले भनेर जन्मिदैँ गरेको बच्चा छोरा वा छोरी भनेर खुलासा गरेका छैनन् । हालै दीपिका आफ्ना पति रणवीरसँग मतदान गर्न समेत गएकी थिइन् । जहाँ उनलाई रणवीरले सुरक्षा दिइरहेका थिए ।
Facebook Comment
Comment