प्रचण्डले भने, ‘कांग्रेसका केही नेताले तुच्छ भाषा बोले, एमालेसँग तालमेल हुँदैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका केही नेताले तुच्छ भाषा बोलेको एमालेसँग चुनावी तालमेल नहुने बताएका छन्।

नेपालभ्युज

प्रचण्डले भने, ‘कांग्रेसका केही नेताले तुच्छ भाषा बोले, एमालेसँग तालमेल हुँदैन

पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका केही नेताले तुच्छ भाषा बोलेको एमालेसँग चुनावी तालमेल नहुने बताएका छन्। केही दिनअघि ‘कांग्रेसले छाडेमा एमालेसँग तालमेल गर्ने’ बताएका प्रचण्डले आइतबार भने फेरि बोली फेरेका हुन्।

पोखरामा आइतबार बिहान पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले चुनावी तालमेलबारे सबै सम्भावना खुला रहेको बताए।
प्रचण्डले भने ‘‘एमालेसँग पनि गठबन्धन हुनसक्ने कुराको संकेत गरेको हुँ। तर अहिले एमालेसँग गठबन्धन गर्ने कुरा छैन। यही गठबन्धन कायम रहन्छ।’’

उनले माओवादी एक्लै आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारीमा लागेको सुनाए। जनताका मुद्दा माओवादीको प्रमुख एजेन्डा भएको भन्दै उनले त्यसैलाई लिएर चुनावमा जाने बताए।

उनले निर्वाचन तोकिएकै मितिमा हुने दाबी गरे। संविधान र अहिलेको व्यवस्थाको रक्षा गर्न माओवादी अन्तिमसम्म लड्ने प्रचण्डले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved