रोबर्ट लेवान्डोस्कीको दुई गोलमा बार्यनलाई ७ अंकको अग्रता

नेपालभ्युज

रोबर्ट लेवान्डोस्कीको दुई गोलमा बार्यनलाई ७ अंकको अग्रता

एजेन्सी । रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेको खेलमा एफसी युनियन बर्लिनलाई बार्यन म्युनिखले ४–० ले हराएको छ। यस जीतसँगै बार्यनले बुन्डेस लिगामा दोस्रो स्थानको बोरूसिया डर्टमुन्डसँगको अंकदूरी ७ अंकले लम्ब्यायो।

बार्यनको २७ खेलबाट ६३ र एक खेल कम खेलेको डर्टमुन्डको ५४ अंक छ। तेस्रो स्थानको बार्यर लिभरकुसेनको भने ४५ अंक छ।

पोलिस स्ट्राइकर लेवान्डोस्कीले यससँगै जारी लिगमा आफ्नो गोलसंख्या ३१ पुर्‍याएका छन्। पछिल्ला ५ वर्षयता उनले प्रत्येक सिजन कम्तिमा ३० गोल गर्दै आएका छन्।

बार्यनलाई अग्रता भने किङ्ग्स्ले कोमेनले १६ औं मिनेटमा दिलाएका थिए। २५ औं मिनेटमा टान्गाई नियान्जुले दोस्रो गोल गरे। लेवान्डोस्कीले पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल गरे भने दोस्रो हाफको शुरूवातमै पेनाल्टीमार्फत चौथो गोल गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved