भक्तपुरमा पर्यटक सूचना केन्द्रको स्थापना

नेपालभ्युज

भक्तपुरमा पर्यटक सूचना केन्द्रको स्थापना

काठमाडौं। भक्तपुर नगरपालिकाले भक्तपुरमा पर्यटन उद्योग प्रवर्द्धनका लागि पर्यटकलाई आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउन पर्यटक सूचना केन्द्रको स्थापना गरेको छ।

शुक्रबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा वडा नं. २ ब्यासीस्थित भक्तपुर नगरपालिकाको भवनसँगै रहेको पर्यटक सूचना तथा सेवा केन्द्रको उद्घाटन गरेका छन्। सोही क्रममा अध्यक्ष बिजुक्छेँले सूचना केन्द्रको भवनमा राखिएको डिजिटल बोर्ड र नपाको समेत वेभसाइट शुभारम्भ गरेका छन्।

यसले पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने उनले बताए। भक्तपुरमा पर्यटकहरुको संख्या वृद्धिसँगै यहाँका स्थानीय जनताहरू यसबाट लाभान्वित हुने उनको भनाइ थियो।

उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले यहाँको मौलिक शैली र प्रविधिलाई जोगाइराख्न विविध कार्यक्रम गर्दै आएकोमा यस केन्द्रले पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved