बेटी पढाऊ बेटी बचाऊ नारा लगाएर साइकल पचाएको एमाले अध्यक्ष ओलीको आरोप

नेपालभ्युज

बेटी पढाऊ बेटी बचाऊ नारा लगाएर साइकल पचाएको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं । मधेश प्रदेशको ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियान र नारालाई नेकपा एमाले अध्यक्ष केपी ओलीले व्यंग्य गरेका छन्।

एमाले पर्सा-काठमाडौँ सम्पर्क मञ्चको आयोजना तथा युवा संघ नेपाल, भक्तपुरको संयोजनमा आज भक्तपुरको थिमिस्थित राधेरोधमा आयोजना गरिएको कार्यक्रममा ओलीले मधेश प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार ‘साइकल पचाउ’ रहेको बताए।

उनले कृषि, औद्योगीकीरण, पर्यटनका माध्यमबाट उत्पादन वृद्धि गरी आयात घटाएर निर्यात बढाउँदै देशको अर्थतन्त्रलाई फाइदा पुर्‍याउन सक्ने गरी मधेश प्रदेशको विकास गरिने बताए। ओलीले मधेश प्रदेशलाई कृषि, पर्यटन, उद्योग र व्यापारको माध्यमबाट विकास गरिने पनि बताए।

मधेश प्रदेश विकासमा पछाडि पर्नु नपर्ने भन्दै उनले पर्यटकीय दृष्टिकोणबाट एकदमै राम्रो मधेश प्रदेशलाई सुनकोशी डाइभर्सन बनाएपछि यस क्षेत्रका सबै जमीनमा सिँचाइ पुग्ने बताए। ओलीले वीरगञ्ज–काठमाडौँ रेल चल्ने बताउँदै धार्मिक पर्यटनको दृष्टिकोणले पनि यो प्रदेश उत्कृष्ट रहेको चर्चा गरे।

त्यस अवसरमा पर्साबाट आएका विभिन्न पार्टीका व्यक्ति एमाले पार्टी प्रवेश गरेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved