एमसीसी केही तलमाथि भए म जिम्मा लिन्छुः महामन्त्री थापा

नेपालभ्युज

एमसीसी केही तलमाथि भए म जिम्मा लिन्छुः महामन्त्री थापा

सुर्खेत। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीले नेपालको स्वाधीनता, अखण्डतामा केही तलमाथि भए त्यसको जिम्मा आफूले लिने बताएका छन्।

कर्णाली उत्सव कुरा कर्णालीको कार्यक्रममा थापाले एमसीसी देश हितविपरीत नभएको प्रतिक्रिया दिए।

एमसीसी सम्झौता विषयमा नेताहरूले नै बिगारेको र एमसीसीमा नागरिकलाई आश्वस्त पार्न व्याख्यात्मक टिप्पणी आएको महामन्त्री थापाले बताए। “अहिले एमसीसीका विषयमा एमाले अध्यक्ष केपी ओली, प्रचण्ड, माधव नेपालले हस्ताक्षर गरेको भए पनि उहाँहरूलाई एमसीसीको जिम्मा दिन्न,” उनले भने, “त्यो जिम्मा म आफैँ लिन्छु।”

अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै थापाले यही गठबन्धन सरकारले तीनै तहको निर्वाचन बनाउने सन्दर्भमा कुनै अलमल नरहेको बताए। “तर, यो गठबन्धन निर्वाचनमा तालमेल गर्ने विषयसँग सम्बन्धित छ,” उनले भने, “यो पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्लाएक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल शुरु भएको छ।”

महामन्त्री थापाले पार्टीभित्र गठबन्धनमा निर्वाचन लड्ने र आफ्नै तागतमा निर्वाचन लड्ने दुई ओटा मत रहेको भन्दै चैत दोश्रो साताभित्र निर्णय हुने बताए। “अहिले कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको छ। तल्लो तहको कमिटी र नेताहरूको रायका आधारमा पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्छ।”

उनले थपे, “पार्टीभित्र फरक फरक धारणा छ, गठबन्धन हुँदैन। चाहेर मतदाता ट्रान्सफर हुँदैनन्, त्यसैले गठबन्धन हुँदैन। हाम्रा मतदान अरूलाई मत हाल्दैनन्। चुनावभन्दा पछाडि गठबन्धन हुन्छ।

चुनावमा मलेशिया गएका कतार गएकालाई नेपाल कसरी फर्काउने भन्ने चुनावी एजेण्डा हुनुपर्ने थापाले बताए।

कार्यक्रम शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अहिले चुनावी गठबन्धनका विषयमा केही भन्न नसकिने बताइन्। “हामीले अहिले भन्न सक्ने अवस्था छैन चुनावका बेला के हुन्छ। त्यही बेला भन्न सकिन्छ,” झाँक्रीले भनिन्।

एमसीसी परियोजनाबारे समयमै जनताबीच नभनेकोमा पनि उनले माफी मागिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved