यूपीसहित भारतका पाँच राज्यको विधानसभा चुनावको मतगणना शुरु

नेपाल भ्युज

यूपीसहित भारतका पाँच राज्यको विधानसभा चुनावको मतगणना शुरु

एजेन्सी। उत्तर प्रदेश (यूपी)सहित भारतका पाँच राज्यको विधानसभा निर्वाचनको मतगणना शुरु भएको छ।

उत्तर प्रदेश, उत्तराखण्ड, पञ्जाब, गोवा र मणिपुरमा भएको विधानसभा चुनावको मतदानपछि मतगणना शुरु भएको हो। भारतीय समयअनुसार बिहान ८ बजेदेखि मतगणना शुरु गरिएको हो। मतगणनाका लागि विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

यूपीको ४ सय ३ सिटको नतिजा आजै आउनेछ।  एक्जिट पोलको अनुमानअनुसार यूपीमा भाजपा सबैभन्दा ठूलो दल बन्ने दाबी गरिएको छ।

एक्जिट पोलले उत्तर प्रदेशमा भाजपाले ४०३ सिट र पञ्जाबमा आम आदमी पार्टीले ११७ सिट जित्ने भविष्यवाणी गरेको छ। यसैगरी ७० सिटको उत्तराखण्ड विधानसभा चुनावको एक्जिट पोलले भाजपा र कांग्रेसबीच कडा टक्कर हुने भविष्यवाणी गरेको छ।

यस्तै ४० सिटको गोवा र ६० सिटको मणिपुर विधानसभाको चुनावी नतिजाको एक्जिट पोलमा पनि बीजेपीलाई ठूलो पार्टीको रूपमा देखाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved