मोरङमा हुलास वायरअगाडि बमजस्तो शंकास्पद वस्तु फेला

नेपालभ्युज

मोरङमा हुलास वायरअगाडि बमजस्तो शंकास्पद वस्तु फेला

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित हुलास वायर अगाडि प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ।

हुलास वायर अगाडि सडकमा उक्त शंकास्पद वस्तु फेला परेको हो।

साँझको करिब साढे ५ बजे बम जस्तो देखिने शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। कुनै अप्रिय घटना हुन नदिन घटनास्थलमा हाल बाक्लो रूपमा प्रहरी परिचालन गरिएको छ। प्रहरीको टोली शंकास्पद देखिएको उक्त वस्तुको चेकजाँच गरिरहेको छ। उक्त वस्तु के हो भन्ने पुष्टि भइसकेको छैन्।

घटनास्थललाई हाल सुरक्षित बनाइएको छ। सवारीसाधनको आवागमनसमेत केही समयका लागि रोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved