काठमाडौं र ललितपुरबाट तास खेलिरहेका ३४ जना पक्राउ

नेपालभ्युज

काठमाडौं र ललितपुरबाट तास खेलिरहेका ३४ जना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौं र ललितपुरबाट जुवातास खेलिरहेका ३४ जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित धादिङ गजुरी गाउँपालिका–६ घर भएका गणेश भुजेलको चिया पसलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई ३० हजार ३ सय ६० रुपैयाँ र १ बुकतास सहित पक्राउ गरेको हो। यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल ओचु हाइटस्थित विनोद श्रेष्ठको ब्याडमिन्टन कोर्टभित्र तास खेलिरहेको अवस्थामा २५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनीहरूलाई नगद ४ लाख २९ हजार ५ सय ९० रुपैयाँ र ८ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved