सर्लाहीमा पुलबाट मोटरसाइकल खस्दा घटनास्थलमै दुई जनाको मृत्यु

नेपालभ्युज

सर्लाहीमा पुलबाट मोटरसाइकल खस्दा घटनास्थलमै दुई जनाको मृत्यु
सांकेतिक तस्वीर

सर्लाही। ईश्वरपुर नगरपालिका र महोत्तरीको गौशाला नगरपालिकाको सीमामा गएराति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

सर्लाहीको हरिपुरमा मेलाबाट फर्किएका उनीहरू सवार ज११प ९८४५ नम्बरको मोटरसाइकल पुलबाट खसेको इलाका प्रहरी कार्यालय ईश्वरपुरले जनाएको छ। सागरनाथ जंगल क्षेत्रमा उक्त दुर्घटना भएको हो।

मृत्यु हुनेमा महोत्तरी औरही नगरपालिकाका वडा नम्बर १ का चन्दन साह र सर्लाही कविलासी नगरपालिकाका रामविश्वास मण्डल रहेका इलाका प्रहरी कार्यालय ईश्वरपुरका प्रहरी अधिकृत जनकराज ढुंगानाले जानकारी दिए। चन्दन ३२/३३ वर्षका र रामविश्वासको उमेर अन्दाजी २५ वर्षको रहेको उनले बताए।

घटना कतिबेला भएको यकिन नभए पनि स्थानीयले बिहानपख शव देखपछि प्रहरीलाई खबर गरेका थिए। उक्त क्षेत्र पूर्वपश्चिम राजमार्गबाट ३ किलोमिटर तल पर्छ। घटना रातिको भए पनि आज (बुधबार) ९ बजे मात्र आफूहरूले थाहा पाइएको ढुंगानाले बताए।

मोटरसाइकल अनिन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। “पुलमा ठोक्किएर तल झरेकोजस्तो देखिन्छ,” प्रहरी अधिकृत ढुंगानाले भने। उनीहरू दुवैको शव अहिले इलाका प्रहरी कार्यालमा राखिएको र चन्दन शाहको आफन्त आइपुगे पनि मण्डको आफन्त आउन बाँकी रहेका प्रहरीले जनाएको छ।

मृतकहरूको मुचुल्का उठाएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलवा लगिने प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved