संसद बैठक बस्दै, एमालेको अवरोध जारी नै रहने

संघीय संसद प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दै छ। दशौं अधिवेशनको ९ औँ बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।

नेपालभ्युज

संसद बैठक बस्दै, एमालेको अवरोध जारी नै रहने

काठमाडौं। संघीय संसद प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दै छ। दशौं अधिवेशनको ९ औँ बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७७÷७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

आजको बैठकमा विपक्षी एमालेले अवरोध गर्ने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved