सुर्खेतमा कर्फ्यू उल्लंघन गरी प्रहरीमाथि ढुंगामुढा

नेपालभ्युज

सुर्खेतमा कर्फ्यू उल्लंघन गरी प्रहरीमाथि ढुंगामुढा

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर गरिएको कर्फ्यू आदेश उल्लघन गर्दै प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरिएको छ। कर्फ्यू उल्लघंन गर्दै प्रदर्शनकारीले नाराबाजी गरेका छन्।

कर्फ्यू उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने झडपमा नगर प्रहरी वीरेन्द्रनगरका प्रहरी प्रमुख लालबहादुर सुनारसहित २० जना प्रहरी घाइते भएका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुईजना सर्वसाधारणसमेत घाइते भएका छन्। एमसीसीको विरोधका ८ दलीय मोर्चाले हिजो (सोमबार) गरेको प्रदर्शनले उग्र रूप लिएपछि प्रशासनले राति सवा ८ बजेदेखि आज बेलुकी सात बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved