सडक निर्माणको विषयमा विवाद हुँदा एक महिला घाइते

कुटपिटबाट धर्मा तामाङ घाइते भएकी छन्। नेप्काका अन्य आधा दर्जन स्थानीयलाई सामान्य चोट लागेको स्थानीयले बताएका छन्।

सडक निर्माणको विषयमा विवाद हुँदा एक महिला घाइते

सुर्खेत। हुम्लामा सडक निर्माणका विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएर एक महिला घाइते भएकी छन्।

हुम्लाको सल्लीसल्ला–पिप्लाङ–माछापानी हुँदै नेप्का–टाँके जोड्ने वैकल्पिक व्यापारिक सडकमार्ग खन्ने क्रममा झडप भएको हो।

चंखेली गाउँपालिकाको नेप्काका स्थानीय ठेकेदारलाई सघाउन पुगेका वडा नं. ४ का केही युवाले वडा नं. ५ नेप्काका स्थानीयमाथि कुटपिट गर्दा एक महिला घाइते भएकी हुन्।

कुटपिटबाट धर्मा तामाङ घाइते भएकी छन्। नेप्काका अन्य आधा दर्जन स्थानीयलाई सामान्य चोट लागेको स्थानीयले बताएका छन्।

घाइते तामाङको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।

ती युवाहरूले मदिरा सेवन गरी कुटपिट गरेको बताइएको छ। उनीहरुले सडकमाथिबाट ढुंगासमेत गुल्ट्याएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved