महोत्तरीमा टाइम बम फेला

नेपालभ्युज

महोत्तरीमा टाइम बम फेला

जनकपुरधाम । महोत्तरीमा टाईम फेला परेको छ। मटिहानी नगरपालिका-२ स्थित धिरापुरमा शंकास्पद फेला परेको वस्तु टाइम बम रहेको पुष्टि भएको हो।

नगरपालिका नजिकै फेला परेको प्रेसर कुकरभित्र तारहरू देखिएपछि बम हुनसक्ने स्थानीयको आशंका गरेर प्रहरीलाई खबर गरेका थिए।

फेला परेको उक्त वस्तु टाइम बम भएको पुष्टि गर्दै नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ। अहिले यहाँको जनजीवन सामान्य बनेको मटिहानी नगर प्रमुख हरि मण्डलले जानकारी दिए। प्रहरीले उक्त बमको विषयमा अनुसन्धान अगाडि बढाएको छ।

नगरपालिका कार्यालय नजिकै राखिएको बमको विषयमा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved