एमसीसीबारे अहिले कुनै धारणा बनाएको छैनौँ : एमाले उपाध्यक्ष थापा

“सभामुखले सूचना टाँस गर्नुभएको छैन। अब सूचना नटासेपछि निश्चित रुपमा सभामुखले राजीनामा दिनुपर्छ र मार्ग प्रशस्त गरिदिनुपर्छ,” उनले भने, “अरु विषयमा हाम्रो कुनै निर्णय भएको छैन। त्यो पूरा भएन भने हामी कुनै प्रक्रियामा भाग लिदैनौँ।”

एमसीसीबारे अहिले कुनै धारणा बनाएको छैनौँ : एमाले उपाध्यक्ष थापा
फाइल तस्वीर।

सुर्खेत। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टीको माग पूरा भए एमसीसीका विषयमा धारणा बनाउने बताएका छन्।

पार्टीको कर्णाली प्रदेश प्रशिक्षणका लागि सुर्खेत आएका उपाध्यक्ष थापाले पहिला १४ सांसद पदमुक्त हुनुपर्ने र सभामुख अग्निप्रसाद सापकोटाले नैतिकताका आधारमा राजीनामा दिए एमसीसीका विषयमा पार्टीले धारणा बनाउने बताएका हुन्।

सभामुखले पहिला एमालेले कारबाही गरेका १४ सांसदहरुको सूचना टाँस गरेर पदमुक्त गरेर नैतिकता आधारमा राजीनामा दिनुपर्ने थापाले बताए।

“सभामुखले सूचना टाँस गर्नुभएको छैन। अब सूचना नटासेपछि निश्चित रुपमा सभामुखले राजीनामा दिनुपर्छ र मार्ग प्रशस्त गरिदिनुपर्छ,” उनले भने, “अरु विषयमा हाम्रो कुनै निर्णय भएको छैन। त्यो पूरा भएन भने हामी कुनै प्रक्रियामा भाग लिदैनौँ।”

कांग्रेससँग सहकार्यका विषयमा अहिले कुनै ठोस पहल नभएको तथा पहिला १४ सांसदको पदमुक्त र सभामुखका विषयमा सहमति भए नेपाली कांग्रेससँग सहकार्य हुनसक्ने उपाध्यक्ष थापाको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved